Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

उर्लाबारी – सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले माघ महिनाभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ ।

पथरी शनिश्चरेस्थित नेपाली काँग्रेस नगरसमितिको प्रथम नगरसम्मेलनको आज उद्घाटन गर्दै उहाँले अबको १५ महिनाभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्था रहेकाले सबै दलको सहमति जुटाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै सहरी विकासमन्त्री केसीले आजै कोशी हैरचामा जनता उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै गुणस्तरीय शिक्षा प्राप्ति सबैको लक्ष्य हुनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा सबै दलबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । “विद्यार्थीले कर्तव्य र लक्ष्य प्राप्तिमा ध्यान दिनुपर्छ,” मन्त्री केसीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया