Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – लोक सेवा आयोगले विज्ञापन गरेको निजामती सेवामा राजपत्राकिंत तृतीय श्रेणी (शाखा अधिकृत) मा मागेको संख्याभन्दा ५४ गुणाबढीले आवेदन फाराम भरेका छन् । 

आयोगले मागेको प्राविधिक र अप्राविधिकतर्फ शाखा अधिकृतको ९८० पदमा ५३ हजार ४ सय १६ जनाले आवेदन फाराम भरेको आयोगका दर्खास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिकतर्फ ६६ गुणा र अप्राविधिकतर्फ ४३ गुणा बढीले आवेदन फाराम भरेका छन् । प्राविधिकतर्फ ४७२ पदका लागि ३१ हजार ५१७ र अप्राविधिकतर्फ ५०८ जनामा २१ हजार ८९९ जनाले फाराम भरेका थिए ।

शाखा अधिकृत गौतमले प्राविधिकतर्फ एउटै उम्मेदवारले धेरै विषयमा फाराम भर्ने भएकाले सङ्ख्या बढेको बताउनुभयो । प्राविधिकतर्फ कात्तिकको अन्तिम साता र अप्राविधिकको मङ्सिरको अन्तिम साता अधिकृत तहका विभिन्न पदमा आवेदन माग गरिएको थियो ।

आयोगले मङ्सिर २९ गते शाखा अधिकृतका विभिन्न सेवा तर्फका लागि दर्खास्त आवेदन माग गरेका थिए । आयोगले गत वर्षदेखि अनलाइनमार्फत फाराम भर्न व्यवस्था गरेको थियो ।

तपाईको प्रतिक्रिया