Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिकाले आज ‘१९ औं भूकम्प स्मृति दिवस’का अवसरमा यहाँ आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको बताउनुभयो । उहाँले भूकम्पबाट जोगिनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले २०७२ सालको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको भन्दै सबैले घर बनाउँदा भवन निर्माण आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सबै स्थानीय तहमा सरकारले भवन आचारसंहिता लागू गरेको जानकारी गराउँदै आचारसंहिता पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत सनतकुमार थापाले आफूहरुले निजी घरसँगै सरकारी घरलाई पनि भवन निर्माण आचारसंहिताको दायरमा ल्याएको बताउनुभयो ।
आज देशभरि नै ‘भूकम्पपीडितको सुरक्षाको आधार, भुइँचालो थाम्ने घर र पूर्वाधार’ भन्ने नाराका साथ १९औँ भूकम्प स्मृति दिवस मनाइँदै छ ।

सरकारले विसं १९९० माघ २ गते महाभूकम्प गएको सम्झनामा केही वर्षयतादेखि भूकम्प स्मृति दिवस मनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया