Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

पाल्पा – गएराति पाल्पाको सिलुवा गाउँ विकास समिति वडा नं ४ बैछापमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रामपुरले जनाएको छ । उनीहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

बसमा सवार २४ जना यात्रुमध्ये २० घाइतेको उपचारका लागि प्रभासमा पठाइएको छ । बुटवलबाट रामपुरतर्फ आउँदै गएको ना ४ ख ९२१८ नंको गाडी गएराति १०ः४५ बजे दुर्घटना भएको हो । बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया