Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – सरकारले आज १९ औँ भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरे पनि गत वर्ष १८औँ भूकम्प सुरक्षा दिवसका दिन सुरु गरिएको दुई सम्पदाको पुनःनिर्माण भने अलपत्र छ ।

‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ आज १९ औँ भूकम्प सुरक्षा दिवस मनाइँदै छ । विसं १९९० माघ २ गते भूकम्प गएको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालेको हो । विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो । अन्य १७ जिल्लामा आंशिक क्षति पुग्यो । 

यसको पुनःनिर्माणका लागि गतवर्ष यही दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गर्नुभयो । पुनःनिर्माणको जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई दिइएको थियो । महानगरपालिकाले पुरातात्विक संरचनामा आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै स्थानीयवासीले विरोध गरेपछि एक वर्ष पुग्दा पनि काम अघि बढ्न सकेको छैन । अहिले पानी सुकाइएको रानीपोखरीमा झार उम्रिएको दृश्य देख्न सकिन्छ । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर विभागले नै रानीपोखरी पुनःनिर्माण गर्ने निर्णय भइसकेको बताउनुहुन्छ । सुरु हुने समय भने अझै निश्चित गरिएको छैन ।

गत वर्ष भूकम्प सुरक्षा दिवसकै अवसर पारेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ ललितपुरको बुङ्मतीमा रातो मच्छेन्द्रनाथको मन्दिर पुनःनिर्माणको शिलान्यास गर्नुभयो । भूकम्पपछिको पुनःनिर्माण अलपत्र बनेका यी त प्रतिनिधि घटनामात्रै हुन् । सरकारले निर्माण गर्न लागेका सम्पदाको त यो हालत छ भने आठ लाखभन्दा बढी निजी घर पुनःनिर्माण कसरी सहज होला ? अहिले यो प्रश्न भूकम्प प्रभावित जिल्लावासीमा छ । पुनःनिर्माणको काम गर्न गठित राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काम गर्न नसकेको भनी केही दिन अघिमात्र नेतृत्व परिवर्तन गरिएको छ ।

नयाँ नेतृत्वले समयमै पुनःनिर्माण गर्न सक्ला ? अहिले यो आममानिसको जिज्ञासा बनेको छ । आज ११ः५६ बजे साँखुमा कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भूकम्प सुरक्षा दिवस कार्यक्रमको शुभारम्भ गर्नुहुनेछ । पाँच दिनसम्म साँखुमा भूकम्पीय सुरक्षासम्बन्धी प्रदर्शनी पनि आयोजना गरिँदैछ । कार्यक्रममा सडक नाटक र जनचेतनामूलक अभियानसमेत सञ्चालन गरिने जनाइएको छ । प्रदर्शनीमा जनचेतना जगाउने उद्देश्यले २२ कक्ष राखिने भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट नेपाल) का निर्देशक विजयकृष्ण उपाध्याय बताउनुहुन्छ । यस्तै कार्यक्रम गत वर्ष पनि गरिएको हो । तर उपलब्धि हात लाग्यो शून्य नै देखियो । (रासस)

तपाईको प्रतिक्रिया