Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको तयारी सकिएको छ । उनको विवाहको लगन सोमबारलाई जुराइएको छ ।

निशा कुसुमको गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादबका भतिजा अभिषेकसँग विवाह हुन लागेको हो । दुलाहा बन्न लागेका अभिषेक पूर्वराष्ट्रपति यादबकी भतिजि एवंम महोत्तरीबाट निर्वाचित किरण यादबका छोरा हुन् । दुई महिना अघि नै दुलाहा, दुलहीबीच शीतल निवासमै इंगेजमेन्ट(टीकाटालो) भएको थियो । विद्यालय तहदेखि सहपाटी अभिषेक र निशाकुसुमबीच विवाहको प्रसंग केही बर्षदेखि चलेको थियो ।

अध्ययनका कारण पछि सरेको हो । समावेशी नमुना समेत रहेको यस विवाहले पूर्व र वर्तमान राष्ट्रपति परिवारलाई पारिवारिक साइनोमा बाधेको छ । ‘विवाहको तयारी लगभग सकिएको छ, राष्ट्रपतिका जनसम्पर्क सचिब जीवछ साहले भने ।

सोमबार विहान १० बजे राष्ट्रपति निवासको पुरानो भवनमा बैवाहिक कार्यक्रम राखिएको छ ।

तपाईको प्रतिक्रिया