Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – दोस्रो राष्ट्रिय योग दिवस शिक्षा मन्त्रालय र योगसँग सम्बन्धित सङ्घ संस्थाले आज विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो ।

यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । सरकारले औपचारिक रुपमा माघ १ गतेलाई राष्ट्रिय योग दिवसको निर्णय गरेपछि गत वर्ष पहिलो राष्ट्रिय योग दिवस मनाइएको थियो ।

वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका छन् ।

विसं २०७२ अघि माघ १ गतेलाई विश्व योग दिवसका रुपमा मनाइन्थ्यो । विश्व योग दिवस भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको प्रस्तावमा २१ जुनमा मनाउन थालिएपछि नेपालका अभियन्ताले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न माग गरेका थिए । “योगको सुरुआत शिव र पार्वतीको संवादबाट भएको मानिन्छ, शिव पार्वतीको वास नेपालकै हिमालय क्षेत्रमा थियो, नेपाल माहात्म्यको हिमवत्खण्डमा यसको चर्चा छ”– योग दिवसका अभियन्ता डा पोखरेलले भन्नुभयो ।

योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् ‘मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो’ भनिएको छ । इसापूर्व १६०० मा रचना गरिएको आयुर्वे्दिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ । योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लाग्नुभएका स्नातकोत्तर योग विज्ञान एसोसियसन नेपालका अध्यक्ष क्षितिज बराकोटीको विश्वास छ ।

नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । प्रवेशिका गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो । विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा नौ र दशमा इच्छाधीन विषयका रुपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखे पनि यस विषयमा स्नातक गरेका जनशक्तिको अभाव भएपछि अहिलेसम्म पठनपाठन हुन सकेको छैन ।

दोस्रो राष्ट्रिय योग दिवस मनाउन शिक्षा मन्त्री धनीराम पौडेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । डा पोखरेलको संयोजकत्वमा प्रचारप्रसार र अन्तक्र्रिया उपसमिति गठन गरिएको छ । समितिले आयोजना गरेको अन्तक्र्रियामा शिक्षामन्त्री पौडेलले योगको शैक्षिक उन्नति गरिनुपर्ने बताउनुभयो । योगलाई स्वास्थ्य, खेलकुद र पर्यटनसँग पनि जोडेर प्रवद्र्धन गर्न सकिने उहाँको भनाइ थियो ।

“जुन मान्छे जहाँ छ, त्यसबाट व्यवस्थितरुपमा अघि बढ्ने माध्यम योग हो, यसले कार्यक्षमता वृद्धि गर्छ, यसलाई पश्चिमी देशले जीवन व्यवस्थापन शास्त्र भन्न थालेका छन्”– डा पोखरेलले भन्नुभयो । योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञान भएको उहाँले बताउनुभयो ।

नेपालभर योग सिकाउने ६०० भन्दा बढी संस्था छन् । यी संस्थामा योग अभ्यास गर्न आउने प्रायः विदेशी छन् । नेपालको पहाडी र हिमाली भेगको मध्यभागमा योग एवम् ध्यान केन्द्र स्थापना गरी प्रचारप्रसार गर्नसके योग पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । योग दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले माघ १ गतेदेखि एकहप्ते योग शिविरको आयोजना गरेको छ ।

तपाईको प्रतिक्रिया