Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – क्रान्तिकारी पत्रकार महासङ्घले नेपाल पत्रकार महासङ्घमा विधानले व्यवस्था गरेबमोजिम योग्य हुँदाहुँदै पनि आस्थाका आधारमा सदस्यता लिनबाट ठाउँठाउँमा बञ्चित गरिएको आरोप लगाएको छ ।

महासङ्घका अध्यक्ष इन्द्र राउतले आज विज्ञप्ति जारी गर्दै आफू अनुकूल मापदण्ड, समयसीमा तोक्ने र भागबण्डा गरेर गैर पत्रकारलाई महासङ्घको विधानविपरीत सदस्यता दिइएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ– “सर्वदलीय र सर्वपक्षीय एउटा अधिकार सम्पन्न छानबिन आयोग गठन गरी थपिएका नयाँ सदस्य र पुराना सदस्य, जो प्रत्यक्ष÷परोक्षरुपले पत्रकारिता पेसासँग संलग्न छैनन्, त्यस्तालाई महासङ्घको सदस्य खारेज गर्न विशेष माग गर्दछौँ ।” माग पूरा नभए आफ्नो सङ्गठनले चरणबद्ध सङ्घर्षको घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया