Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

विराटनगर – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनतर्फ मुलुक अग्रसर हुनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले निर्वाचन गर्नमा ढिला गरिए मुलुक सकंटमा पर्ने सम्भावना रहेको छ भन्नुभयो ।

नेता खनालले संविधान सशोधन विधेयक पारित हुने सम्भावना नरहेको बताउँदै एमालेसँग एक तिहाइभन्दा बढी सांसद रहेकाले सो विधेयक संसद्बाट पारित नहुने स्पष्ट पार्नुभयो । सरकारले संविधान संशोधनको विधेयक दर्ता गरेर कुबेलाको बाजा बजाइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले संविधान कार्यान्वयनमा अहिले सबैको ध्यान केन्द्रीत हुनुपर्दछ भन्नुभयो ।

मधेसी मोर्चाले मधेसबाट एमालेको बिदाइ गर्नेजस्ता अभिव्यक्तिको सम्बन्धमा पत्रकारको जिज्ञासामा वरिष्ठ नेता खनालले मोर्चाको सो अभिव्यक्ति असङ्गतिपूर्ण रहेको र संविधानलाई मान्नुबाहेक अन्य कुनै विकल्प नरहेको प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया