Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – छक्का पन्जा चलचित्र पाइरेसी गर्ने एक युवाले आत्महत्या गरेका छन् ।

नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले आत्महत्या गरेका हुन् । काठमाडौंको चावहिलस्थित विजय चोक बस्ने सुवेदीले गएराति आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको गौशाला प्रहरी वृतका डिएसपी नवराज कार्कीले जानकारी दिनुभयो।

उनी झुण्डिएको अवस्थामा कोठामा फेला परेका थिए । हामीले उनको परिवारलाई सम्र्पक गर्दा शव नचलाउनु भनेकाले हामीले रातभर उनको कोठमा शव रुग्याैँ । आज बिहान उनका बुबा आमा आएर शव बुझेका छन्’ डिएसपी कार्कीले भन्नुभयो ।

शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको छ । उनी चलचित्र छक्का पन्जा पाइरेसी गर्ने पहिलो व्यक्ति हुन् । उनलाई प्रहरीले पाइरेसी गरेको अभियोगमा समातेर निर्माताको आग्रहपछि सामान्य तारिकमा छाडेको थियो । बिहीबार चलचित्र फेसबुकमा भाइरल भएपछि उनले आत्महत्या गरेका हुन् ।

तपाईको प्रतिक्रिया