Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौ-  नवनियुक्त सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले उपयूक्त विकल्प आए आफुहरु शान्ति र संविधानको सुनिश्चितताको लागि समग्र मधेस एक प्रदेशको अडानमा पुर्नविचार गर्न तयार रहेको बताएका छन् ।
रिपोर्टर्स क्लबमा उनले मंगलबार शान्ति र संविधानको पक्षमा रहेको मधेसले एक मधेस एक प्रदेशको उपयुक्त विकल्प ल्याएमा त्यसमा छलफल गरी पुर्नविचार गर्न तयार रहेको बताएका हुन् । ‘हामीलाई संघीयता सहितको संविधान जेठ १४ भित्रै चाहिन्छ’ उनले भने, ‘त्यसका लागि मधेस जस्तो सुकै त्याग गर्न पनि तयार छ ।’
उनले मधेससहित समग्र नेपालको हितको लागि जस्तो सुकै कदम उठाउन समेत तयार रहेको बताए । ‘अव मधेस केन्द्रीत मात्रै हुन चाहँदैनौं । देशलाई आर्थिक विकास र राजनीतिक स्थायित्व चाहिएको छ । त्यसकोलागी मधेस बाधक बन्दैन’ उनले भने ।
उनले राष्ट्रिय सहमतिको सरकारको लागी प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्व स्विकारेर आउन काँग्रेस र एमालेलाई पनि आग्रह गरे ।
‘राष्ट्रिय सरकार जादुको छडि होईन, विकल्प खुल्ला छ । कुरा गरेर मात्रै हुँदैन, काम पनि गर्नु पर्यो । राष्ट्रिय सहमतिको बाधक को छ र ?’ उनको प्रश्न थियो ।
तपाईको प्रतिक्रिया