Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – मधेसी मोर्चाले संविधान संशोधन विधेयक पारित नभएसम्म चुनावको मिति घोषणा नगर्न सत्तारुढ कांग्रेस र माओवादी केन्द्रलाई दबाब दिएको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मोर्चाका नेताहरुले संशोधन विधेयक परिमार्जनसहित पारित नभएसम्म चुनावको वातावरण बन्न नसक्ने अडान राखेका हुन् । मोर्चाको दबाबपछि कांग्रेस र माओवादी पनि तत्काल चुनावको मिति घोषणा नगर्ने मनस्थितिमा पुगेका छन् ।

यसअघि बिहीबार राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक हप्ताभित्र चुनावको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको भन्दै सहयोग गर्न एमालेसँग आग्रह गर्नुभएको थियो । चुनावकै तयारीबारे छलफल गर्न प्रधानमन्त्रीको पहलमा मोर्चासित छलफल भएको हो ।

बैठकमा आफूहरुले संशोधन विधेयक पारित र निर्वाचनसँग सम्बन्धित कानुन तयार भएपछि मात्रै मिति घोषणा गर्न प्रस्ताव गरेको र यसमा सत्तारुढ दल सहमत भएको वैठकपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।

यस्तै गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमति गरेर छिटै संशोधन विधेयकमा छलफल हुने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया