काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार धेरै ठाउँमा यो वर्षकै चिसो रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले दिउँसो पनि चिसो हावा चलेपछि देशभरी नै चिसो बढेको हो ।
काठमाडौंको न्यूनतम तापक्रम बिहान यो वर्ष कै कम १ दशमलव ४ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ । बिहीबार उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ४ डिग्री सेल्सियस थियो । अहिले काठमाडौंमा हुस्सु लागेको छ ।
यस्तै पानी परेपछि डडेलधुरामा बिहीबार यो वर्षकै चिसो भएको छ । हिमाली क्षेत्रमा हिमपात भएकाले देशभरी नै चिसो बढेको मौसमविद्ले बताएका छन् ।
मौसमविद्का अनुसार सुदूरपश्चिमी पहाडी क्षेत्रको एक दुई ठाउँमा आजपनि फट्टफुट्ट पानी पर्ने अनुमान छ । तर तत्काल ठूलो पानी पर्ने संभावना छैन ।