Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

भक्तपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर जबराले मधेशी मोर्चा बिना कुनै निर्वाचन सम्भव नभएको बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संबिधान संशोधन गरि मधेसका जायजमाग सम्बोधन नगरि गर्न थालिएको कुनै पनि निर्वाचन सम्भव नभएको बताउनु भएको हो ।

उहाँले संबिधान संशोधनमा अंगिकृत नागरिकलाई जसरी उसको देशको नागरिकता त्याग्नासाथ नागरिकता उपलब्ध गराउने प्रावधान राखिएको छ यो गलत भएको बताउनु भयो । उहाँले अन्य देशमा जसरी बर्षौ लाग्छ त्यसरी नै लागू गर्नु पर्ने भन्दै यो सारै खुकुलो व्यवस्था भएको बताउनु भयो ।

स्थानिय निकायको निर्वाचन भई हाले पनि प्रान्त र संसदको निर्वाचनका लागि प्रादेशिक कानुनको सीमांकन कसरी निर्धारण गर्ने भनी आयोग वा समिति बनाउने तर्फ ध्यान जान नसकेको भन्दै उहाँले सिमांकनको बिषय नसकिएसम्म अरु प्रक्रिया अघि नबढ्ने बताउनु भयो ।दोस्रो जनअन्दोलन पस्चात नेपालको राष्ट्रियता इतिहासमै कम्जोर भएको भन्दै राष्ट्रियताको सवालला लिएर नै राप्रपा नेपाल र राष्ट्रिय पजातन्त्र पार्टी एक भएको बताउनु भयो ।

संबिधानमा धर्म निरपेक्षा राख्नु गलत भएको भन्दै राणाले हिन्दु राष्ट्रका सवालमा जनमत संग्रह गरिनु पर्ने र सबै धर्म प्रति सद्भाव रहेको हिन्दु राष्ट्र कायम गरिनु पर्ने बताउनु भयो ।उहाँले अब प्रचण्ड सरकारमा फेरबदल हुने भन्दै कमल थापा सरकारमा जान लागेको बताउता पनि तत्काल सरकार परिवर्तन नहुने बताउनु भयो ।

भुकम्प पिडितहरुलाई उपलब्ध गराएको पचास हजार सबैले नपाएको र जग समेत हाल्न नपुग्ने भन्दै उहाँले तत्काल सरकारले छानो छाउन सक्नेसम्मको बजेट उपलब्ध गराउनु पर्नेमा जोड दिनु भयो । उहाँले पिडितलाई राहत दिने भन्दा पनि सिओ परिवर्तन गरि आफ्नो लाभ लिने परम्परा गलत भएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया