Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं  – विश्व फुटबल वरियतामा नेपाल ६ स्थान माथि उक्लिएर १ सय ७५ औं स्थानमा पुगेको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल दक्षिण एसियामा चौथो स्थानमा छ । गएको महिना नेपाल १ सय ८१ औँ स्थानमा थियो ।

दक्षिण एसियामा भारत पहिलो (१२९), माल्दिभ्स दोस्रो (१४५) , अफगानिस्तान तेस्रो (१५१), भुटान पाँचौ (१७६), बंगलादेश छैठौँ (१९०), श्रीलंका सातौँ (१९६) र पाकिस्तान आठौँ (१९७) स्थानमा छ । विश्व वरियतामा अर्जेन्टिना पहिलो स्थानमा छ । ब्राजिल दोस्रो र जर्मनी तेस्रो स्थानमा छ ।

उत्कृष्ट १५ देश

अजेन्टिना
ब्राजिल
जर्मनी
चिली
बेल्जियम
कोलम्बिया
फ्रान्स
पोर्चुगल
उरुग्वे
स्पेन
स्वीटजरल्याण्ड
वेल्स
इंग्ल्याण्ड
क्रोयसिया
पोल्याण्ड

तपाईको प्रतिक्रिया