Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

अल्गार्भ – गैर आवासीय नेपाली संघ पोर्चुगलको अल्गार्भ शाखाले आगामी जनवरी २२ तारिकका दिन “एनआरएनए आरसीसी कप फुटबल २०१७“ प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

बिष्णु बरालको अध्यक्षतामा बसेको एनआरएनए अल्गार्भ शाखाको नियमित बैठकले गरेको निर्णय अनुसार अल्गार्भ क्षेत्रभित्र बसोवास गर्ने नेपाली फुटबल खेलाडीहरुलाई उत्साहित र प्रोतसाहन गर्ने उद्देश्य अनुरुप गरिदै आएको उक्त फुटबल प्रतियोगिताका लागि एक खेलकुद समिति गठन गरिएको अल्गार्भ साखाले जानकारी दिएको छ ।

बिकास आचार्य (भिलामोरा),मनोज गुरुङ (क्वारातेइरा),संकर डुम्रे, नबराज बास्तोला, बिपिन पौड्याल (आल्बुफ़ेइरा), मछिन्द्र अर्याल र रबिन गुरुङ (मोण्टे गोर्दो), शिभ निरौला र ओम प्रकाश खड्का (लुज ताभिरा), हरि खड्का (तभिरा) रहेका छन् ।

जनवरी २२ तारिक २०१७ का दिन दिनको २ बजे देखि शुरु गरिने उक्त प्रतियोगितामा त्यस क्षेत्रका ८ टिमले भाग लिने भएका छन् भने खेल अल्गार्भ स्थित “क्वार्तेइरा“मा हुने छ ।

तपाईको प्रतिक्रिया