Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

रुपन्देही – बुटवलमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–४ मैनाबगरचोकमा बिहीबार बिहान लु १ ख ८२४९ नम्बरको ट्रकको ठक्करबाट लु २० प ३९४८ नम्बरको स्कुटरमा रहेका २४ वर्षकी तुलसा पाण्डेको ज्यान गएको हो ।

गुल्मी अश्लेवा घर भई बुटवल–१३ देवीनगरमा डेरागरी बस्ने पाण्डेको उपचारको क्रममा लुम्विनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा छ ।

तपाईको प्रतिक्रिया