Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने गरी सरकार विस्तारको तयारी भएको हो । 

संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव पास गराउने र दीर्घकालिन गठबन्धन बनाउने रणनीतिसहित सरकार विस्तारको तयारी भएको छ । थापा र गच्छदारलाई उपप्रधानसहित क्रमशः परराष्ट्र र सञ्चार मन्त्रालयको जिम्मेवारी दिइने भएको हो । तर यस विषयमा सत्तासाझेदार दलहरुबीच नै कुरा मिलेको छैन ।

मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा माओवादी केन्द्र र कांग्रेसबीच कुरा मिले पनि मन्त्रालय बाँडफाँडको विषयमा कुरा नमिलेको हो । प्रधानमन्त्री दाहाल चारदिने युएईको भ्रमणमा जानुअघि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् ।

उनी माघ १ गते अन्तर्राष्ट्रिय उर्जा सम्मेलनमा भाग लिन युएई जाँदै छन् ।

तपाईको प्रतिक्रिया