Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

लुम्बिनी – नेकपा (एमाले)का सचिव पृथ्बी सुब्बा गुरुङले संविधान संशोधन प्रस्ताव संसदमा छलफल गर्न दिए त्यो नजिर बन्ने भन्दै कुनै पनि हालतमा छलफल हुन नदिने बताउनुभएको छ ।

संयुक्त सङ्र्घष समिति रुपन्देहीले आज यहाँ आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संशोधन प्रस्ताव मुलुकको हितमा छैन यसलाई कुनै हालतमा पारित गर्न दिइँदैन ।”

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बदरे आलम, नेकपा माले स्थायी कमिटी सदस्य गोपाल मणि गौतम, जनमोर्चा नेपालका जिल्ला अध्यक्ष चित्र बहादुर थापा, नेकपा माक्र्सवादीका जिल्ला अध्यक्ष रामप्रसाद भट्टराई, अखण्ड नेपाल पार्टीका दल बहादुर बिसी, नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष हरि सुन्दर वासीले राष्ट्रिय एकता र सार्वभौमसत्ताको रक्षाका लागि सबै दल एकजुट हुनुपर्ने विचार व्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया