Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका कारण पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन नसकिएको बताउनुभएको छ । 

पृथ्वी जयन्तीको अवसरमा बुधबार काठमाडौंको भृकुटी मण्डपमा राप्रपाले गरेको चियापान कार्यक्रममा ओलीले आफू पृथ्वी जयन्तीमा विदा दिन चाहेपनि माओवादीका कारण नसकिएको बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी उक्त कार्यक्रममा ओलीले आफू प्रधानमन्त्री हुँदा पृथ्वी जयन्तीमा विदा दिन खोजेको तर, सत्तारुढ (माओवादी) दलहरुबीच सहमति हुन नसकेको दाबी पनि गर्नुभयो ।

पृथ्वीनारायण शाह राष्ट्रनायक रहेको भन्दै ओलीले राष्ट्रिय एकता र एकीकरणको पृथ्वीनारायणको अभियानलाई अघि बढाउनु पर्नेमा ओलीको जोड थियो ।

तपाईको प्रतिक्रिया