Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – सरकारले सार्वजनिक बिदा बारे अध्ययन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न पर्व, उत्सव तथा दिवसका अवसरमा दिइने बिदाका बारेमा अध्ययन गरेर माघ महिना भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।

विभिन्न राजनीतिक दल तथा नागरिक स्तरबाट आज परेको पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिनु पर्ने माग बढेका बेला सरकारले यस्तो निर्देशन दिएको हो ।

यस्तै राष्ट्रिय तथा प्रदेश स्तरमा दिइने बिदाको बारेमा पनि विस्तृत अध्ययन गर्ने मन्त्रिपरिषदले गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया