Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – शुभदिन मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लि. द्वारा प्रकाशित शुभदिन डट कम (suvadin.com) को औपचारिक शुभारम्भ भएको छ । नेपालको आफ्नै सामाजिक सञ्जालका रुपमा शुभदिन डट कम सञ्चालनमा आएको हो । अभिव्यक्ति स्वतन्त्रताको नयाँ आयामका रुपमा निर्वाध सूचना प्रवाहका माध्यमबाट समाजका सबैखाले सरोकारमा हरेक नेपालीको पहुँच सुनिश्चित गर्नु यसको मूल उद्देश्य रहेको बताईएको छ ।

समाचार कक्षबाट उत्पादित र प्रसारित हुने निरन्तर र खोजमूलक सूचना सामाग्री बाहेक हरेक नेपालीले आफूलाई लागेको, देखेको र भोगेको विषय, मुद्दा वा घटना शुभदिन डट कममा आफैं प्रकाशित गर्नेछन् ।
शुभदिन डट कममा सूचना सम्प्रेषण बाहेक सार्थक सामाजिक सम्बन्ध एवम् अन्तरसंवादलाई प्रोत्साहित गर्न विभिन्न विशेषताका फिचरहरु राखिएका छन् । अटोग्राफ, कज, प्रेइज एण्ड कम्प्लेन, इन्फोटिस, पोल्स र क्लव नामका फिचरहरुबाट शुभदिन डट कम सामाजिक सञ्जालहरूको फैलँदो दुनियाँमा फरक परिचय बनाउन सफल हुने शुभदिन मिडिया सेन्टरले जनाएको छ ।

सेन्टरका अनुसार यो संरचना नेपालवासी र नेपालीभाषी समुदायको खाँचो र रुचिका आधारमा तयार गरिएको हो । शुभदिन डट कम सँग नेपाल भरका अलावा संसारका ६० देशमा प्रतिनीधि हुनेछन् ।  अटोग्राफ’ नेपालीहरुबीच दशकौंदेखि चल्दै आएको मैत्री परम्पराको एउटा अभ्यास हो । यसबाट आपसका रुचिहरु पहिचान गर्न र रुचाएको व्यक्तिबारे इच्छित जानकारी लिन सकिने बताईएको छ । अटोग्राफलाई मुख्य फिचरका रुपमा प्रस्तुत गर्ने संसारकै सम्भवतः पहिलो सामाजिक सञ्जाल शुभदिन डट कम हो । यसका अन्य फिचरले पनि नेपाली समुदायलाई सकारात्मक र प्रगतिशील सम्बन्धमा अगाडि बढ्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

शुभदिन डट कम स्वतन्त्रतासंगै कर्तव्य र जिम्मेवारीलाई अहम र अविछिन्न रुपमा हेर्छ । समाजमा सही अभिमत निर्माण गर्न यसले हरेक तहका सूचना प्रवाहलाई जिम्मेवार बनाउने कार्यप्रणाली अनुसरण गर्ने सो सेन्टरको दावी छ ।
शुभारम्भका अवसरमा शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरका प्रेसिडेन्ट एण्ड सिइओ सनतकुमार न्यौपानेले अभिव्यक्ति क्रान्तिलाई आधार बनाएर सीमित स्रोतबाट सुरु भएको शुभदिन डट कमको चर्चा समयक्रममा सिलिक्यान भ्यालीसम्म पुग्ने गरी अगाडि बढ्ने बताए ।

सम्पादक खिलानाथ ढकालले नेपालकै सबैभन्दा प्रभावकारी सूचना माध्यमका रुपमा हरेक नेपालीलाई आफ्नो खबर आफैं लेखाउन शुभदिन डट कम सफल हुने उल्लेख गरे ।
साथै निर्देशक उज्वल घिमिरेले शुभदिन डट कम छोटो समयमै हरेक नेपालीको ‘वेस्ट फ्रेण्ड’ बन्ने विश्वास व्यक्त गरे ।***

तपाईको प्रतिक्रिया