Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं  – दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘ए’ मा रहेको पुलिसले आफ्नै समूहको हिमालयन क्रिकेट एकेडेमीसँग खेल्न लागेको हो । खेल कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा हुनेछ । यस्तै अर्को खेलमा समूह ‘बी’ का त्रिभुवन आर्मी क्लबले न्यु राइजिङ स्टार क्लबको सामना गर्नेछ ।

रुस्लान कप क्रिकेट प्रतियोगितामा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पुलिस, हिमालयन एकेडेमी, हिमालयन ह्वाइट हाउस कलेज, पिसी फाइटर, न्यु होराइजन किकेट क्लब भैरहवा, कुलेश्वर क्रिकेट क्लब, नेपाली राइनोज, सशस्त्र प्रहरी बल (एपिएफ) छन् ।

त्यसैगरी समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, न्यु राइजिङ स्टार, खहरी क्रिकेट क्लब धादिङ, रोयल पिसी फाइटर, एसपिए धनगढी, अनुभूति एजुकेसन फाउन्डेसन वीरगन्ज, रुस्लान केसिटिसी र क्यानोन क्रिकेट क्लब छन् ।

प्रतियोगितामा दुवै समूहबाट एक एक टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले दुई लाख रुपैयाँ पाउने छन् । त्यसैगरी सेमिफाइनमा प्रवेश गर्ने दुई टोलीले जनही २५ हजार रुपैयाँ पाउने छ ।

तपाईको प्रतिक्रिया