Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत कतारका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान बिन जसिम अल–थानीको निमन्त्रणामा मङ्गलबार त्यसतर्फ जाँदै हुनुहुन्छ ।

तीनदिने भ्रमणका क्रममा उहाँले आफ्ना समकक्षीसँग बुधबार दोहामा द्विपक्षीय भेट गर्नुहुनेछ । पराष्ट्रमन्त्री महतले कतारका अमिरसँग भेट गर्नाका साथै त्यहाँका श्रममन्त्रीसँग पनि छलफल गर्नुहुनेछ । मन्त्री महतले दोहामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

परराष्ट्रमन्त्रीका साथ सचिव शङ्करदास वैरागी, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव र परराष्ट्र मन्त्रालयका अन्य अधिकारी रहनुहुनेछ । मन्त्री महत त्यहाँबाट गैरआवासीय सङ्घ अमेरिकाको पाँचौँ साधारणसभामा प्रमुख अतिथिका रुपमा भाग लिन बिहीबार अमेरिका जानुहुनेछ । उहाँ आगामी माघ ३ गते स्वदेश फर्कनुहुनेछ ।

तपाईको प्रतिक्रिया