Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकार तीन निर्वाचन गराउने मुख्य उद्देश्य लिएर बनेकाले निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन संविधान संशोधन विधेयक ल्याइएको बताउनुभएको छ ।
‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ माथिको सैद्धान्तिक छलफलमा संसद्को आजको बैठकमा उठेका प्रश्नबारे जवाफ दिँदै उहाँले सबै कानुनको टुङ्गो गराउन संसद् नै एक मात्र थलो हो भन्नुभयो । उहाँले निर्वाचनसम्बन्धी अन्य बाँकी विधेयक ल्याइने र समयमा स्थानीय तहको निर्वाचन गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गृहमन्त्री निधिले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनलाई सरकारले अध्ययन गरिरहेको अवगत गराउँदै प्रदेशको सङ्ख्या सीमाङ्कन र संरचनाबारेमा पनि छलफल चलिरहेको जानकारी दिनुभयो । त्यसअघि मन्त्री निधिले बैठकमा विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया