Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – ऊर्जा मन्त्रालयले स्वदेशी पुँजी नै ऊर्जा क्षेत्रमा लगाउने योजनासहित ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम ल्याएको छ ।
आज सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा कार्यक्रम सुरु गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले नेपाली पुँजीबाट ऊर्जा उत्पादन बढाइने बताउनु भयो। त्यसका लागि स्वदेश र विदेशमा रहेका नेपालीबाट रकम संकलन गरी क्षमताअनुसार लगानी गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले स्वदेशमा उत्पादित ऊर्जा आन्तरिकरुपमै खपत गर्ने र बढी भएको ऊर्जा निर्यात गरी विदेशी रुपैयाँ भित्र्याइने लक्ष्य सरकारको रहेको बताउनु भयो ।
हरेक वर्ष बढ्दै गएको विद्युत्को माग आन्तरिक उत्पादनबाटै पूर्ति गर्न निर्माणाधीन आयोजनाहरु समयमै सम्पन्न गर्न ताकेता गरिरहेको उहाँको भनाइ छ । सो अवसरमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी जेठदेखि मुलुकभर लोडसेडिङ अन्त्य गर्न तीव्रगतिमा काम भइरहेको जानकारी दिनुभयो ।
घरेलु उत्पादन र भारतबाट आयातित विद्युत्ले आगामी जेठबाट आन्तरिक माग धान्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया