Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – योकोहामा क्षेत्रमा रहेका नेपालीहरुले पहिलोचोटी एक साँगीतिक कार्यक्रम हालै सम्पन्न गरेका छन् ।

नयाँ वर्षको अवसर पारेर सनराईज कर्पोरेशन एण्ड स्पाईस गार्डेनको आयोजनामा गत शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपालबाट आएका सुगम पोखरेल, नविन के भट्टराई, ताराप्रकाश लिम्बु, नम्रता सापकोटा लगायतका लोकप्रिय कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गरेका थिए । उनीहरुलाई सूर्य खड्का, सहिल खड्का, राजेश केसी, लक्ष्मी केसी, अमित सापकोटा लगायतका स्थानीय कलाकारहरुले साथ दिएका थिए ।

कार्यक्रमका संयोजक हरि सापकोटाको सभापतित्वमा भएको उक्त न्यू एअर म्युजिकल नाइटको प्रमुख अतिथि ददिवल खड्का लगायत बिभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्ने बिशेष अतिथिहरुले रिवन काटेर संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

आयोजकको तर्फबाट राजेन्द्र श्रेष्ठको स्वागत मन्तब्य रहेको सो साँगीतिक समारोहमा बिशेष अतिथिहरु नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष डिपी कँडेल, योकोहामा प्रिफेक्चरका गभर्नरका सल्लाहकारसमेत रहेका सञ्चारकर्मी जिज्ञानकुमार थापा लगायतले नयाँ बर्षको शुभकामना दिनुका साथै कार्यक्रम सफलताको कामना गरेका थिए । कार्यक्रमको सञ्चालन रविन्द्र श्रेष्ठले गरेका थिए । योकोहामा क्षेत्रमा पहिलोचोटी नेपालीहरुको साँगीतिक कार्यक्रम आयोजना गर्न पाएकोमा आयोजक लगायत स्थानीय नेपालीहरु उत्साहित देखिन्थे । धेरैजसो संघसंस्थाहरुबाट प्रतिनिधिमुलक सहभागिता रहेको सो कार्यक्रममा टाढा टाढाबाट पनि दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । ***

 

तपाईको प्रतिक्रिया