Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

विराटनगर – नेकपा (एमाले) मोरङको आठौँ जिल्ला अधिवेशन आजदेखि विराटनगरमा सुरु हुने भएको छ ।

अधिवेशनको अध्यक्ष केपी शर्मा, ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने सो अधिवेशनमा ८८२ जना प्रतिनिधिको सहभागिता रहनेछ ।

यस सम्बन्धमा सो पार्टीका मोरङ जिल्ला अध्यक्ष महेश रेग्मीले अधिवेशनको तयारी पूरा भइसकेको र यसलाई भव्यरुपमा सफल बनाउनका लागि १४ वटा उपसमिति गठन गरिएको जानकारी गराउनुभयो ।

उक्त अधिवेशन सम्पन्न गर्नका लागि अनुमानित रु २५ लाख खर्च हुने र सो रकम पार्टीका २० हजार कार्यकर्ताबाट प्राप्त लेवी र शुभेच्छुकको सहयोगबाट रकम प्राप्त हुने अध्यक्ष रेग्मीले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया