Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

इरान – इरानको पूर्व राष्ट्रपति अलि अकबर हाशमी रफसन्जानीको निधन  भएको छ । उहाँको ८२ वर्षको उमेरमा निधन भएको हो । राजधानी तेहरानको एक अस्पतालमा उहाँको उपचारका क्रममा निधन भएको हो ।

हृदयघात भएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले जनाएका छन् । सन् १९८० पछि उहाँलाई इरानमा शक्तिशाली नेताको उदयमान भएको मानिन्छ ।

१९८९ देखि १९९७ सम्म उहाँ राष्ट्रपतिमा रहनु भयो भने सन् २००५ को चुनावमा हार व्यहोर्नुभयो । पूर्व राष्ट्रपतिको निधनमा शोक व्यक्त गर्दै इरान सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा  गरेको छ ।

तपाईको प्रतिक्रिया