Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – साझा प्रकाशनले संस्थालाई आर्थिक व्ययभार कम गर्नका लागि ६९ जना कर्मचारी कटौती गरेको छ ।

संस्था आर्थिक सङ्कटमा रहेकाले व्ययभार कम गर्नका लागि आइतबार विभिन्न तहका ६९ कर्मचारीलाई स्वेच्छिक अवकाश दिइएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी गराउनुभयो ।

यसअघि गएको साउनमा महिनामा २२ जना अधिकृतस्तरका कर्मचारीलाई स्वच्छिक अवकास दिइएको थियो । उहाँले उपदानसहित तीन महिनाको तलब दिने गरी कर्मचारीलाई स्वेच्छिक अवकाश दिइएको बताउनुभयो ।

उहाँले स्वच्छिक अवकाश लिन कर्मचारीलाई तीन किस्तामा २०७४ पुस १३ गतेभित्र सम्पूर्ण रकम दिइने बताउनुभयो । महाप्रबन्धकमा शर्मा साझामा नियुक्त भएपछि संस्था सुधार्न व्यवस्थापनले दिएको कार्ययोजना अनुसार कर्मचारी कटौती गर्दै आउनुभएको छ ।

उहाँका अनुसार अहिलेसम्म १७२ जना कर्मचारीलाई स्वच्छिक अवकाश दिई कर्मचारी कटौती गरिएको छ । कर्मचारी कटौती गरेपछि अब साझामा ८३ जनामात्र कर्मचारी रहेका छन् । साझाको स्तर उन्नति गर्नका लागि मङ्सिर २६ गतेको मन्त्रिपरिषद्को निर्णयले ३० करोड रुपैयाँ दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया