Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– माओवादी सेनाका थप ४ हजार लडाकुले पनि स्वैच्छिक अवकास लिएर पैसा बुझ्ने भएका छन् ।
माओवादी सेनाका प्रमुख नन्दकिशोर पुन पासाङले आन्तरिकरुपमा समायोजनभन्दा बढी हुने लडाकुहरुलाई अवकास रोज्न लगाइने जानकारी दिए । ‘हामीले समायोजन हुने ६ हजार पाँच सयबाहेक अरुलाई अवकास रोज्न लगाएका छौं,’ उनले भने ।
यसअघिको वर्गीकरणमा ९ हजार ७ सय पाँच लडाकुले समायोजन रोजेका थिए । कात्तिक १५ गते भएको सात बुँदे सहमतिमा ६ हजार ५ सय लडाकु समायोजन हुने उल्लेख छ ।
यसैबीच लडाकुको पुनःवर्गीकरणका लागि शिविर पुगेको सेना समायोजन विशेष समिति मातहतको सचिवालयको टोलीले अवरोधका कारण काम गर्न सकेको छैन ।
तपाईको प्रतिक्रिया