Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

इजरायल – इजरायलको जेरुसेलममा भएको लरी आक्रमणमा परि चार जनाको ज्यान गएको छ । एक प्यालेस्टाइनी व्यक्तिले जेरुसेलममा इजरायली सेनाको एक समूहमा लरी चलाएको हो ।

घटनामा ज्यान गुमाउने चारै जना इजरायली सैनिक हुन् । आक्रमण आतंककारी रहेको इजारायली प्रहरीको भनाई छ । ज्यान गुमाउनेमा तीन जना महिला र एक पुरुष छन् । घटनामा अन्य १७ जना घाइते भएका छन् ।

आक्रमणकारी व्यक्ति बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका समर्थक रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताउनुभयो ।

प्यालेस्टाइनको जोबेला मुकाबर जिल्लाबाट आएका २८ वर्षका फादी क्वुनबारले आक्रमण गरेका हुन् । यो आक्रमण आतंककारी रहेको र यस्ता आक्रमणबाट आफ्नो देश माथि उठ्ने प्रधानमन्त्री नेतन्याहुको भनाई छ ।

पूर्वी जेरुसेलम तथा वेष्ट ब्यांकमा रहेका अवैध इजरायली बस्तीको विषयलाई लिएर इजरायल र प्यालेस्टाइनबिच लामो समयदेखि तनाव हुँदै आएको छ । 

 

तपाईको प्रतिक्रिया