Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

गौर (रौतहट) – मागेअनुसारको दाइजो नदिएको निहुँमा रौतहटको पिपराभगवानपुर– २ फतुवामा शनिबार एक महिलाको हत्या भएको छ ।

दाइजो नदिएका कारण २२ वर्षीया लालमुनी देवी साहको हत्या गरिएको मृतकका माइती पक्षले दाबी गरेका छन् । लालमुनीको मृत्युको खबर सुनेर माइती गाउँ भारतको पूर्वी चम्पारण मोतिहारी जिल्ला जटौलिया गाउँबाट मृतककी आमा, बुबा, दिदी, भाइलगायतका आफन्त आज गौर आइपुगेका छन् । उनीहरुले लालमुनीले आत्महत्या नगरी परिवारले हत्या गरेको आरोप लगाएका छन् ।

मृतकको शव परीक्षणका लागि गौर अस्पतालमा राखिएको र परीक्षण प्रतिवेदन नआएसम्म केही भन्न नमिल्ने प्रहरीले जनाएको छ । घटना शङ्कास्पद भएकाले मृतकको ससुरा राजेन्द्र साह र सासू प्रमिला देवीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया