Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं– पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गरेको राप्रपाले सो दिन सार्वजनिक बिदा दिन माग गरेको छ । राष्ट्रनिर्माणमा पृथ्वीनारायण शाहको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँको सम्मानमा पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाले माग गरेको हो ।

पुस २७ गते राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय नै गरेको राप्रपाले सो समारोहमा सहभागि हुन राष्ट्रपति विद्यादेबी भण्डारीलाई निमन्त्रणा दिएको छ ।

आज बिहान राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरी र सचेतक पर्शुराम खापुङ शीतल निवास पुगेर राष्ट्रपतिलाई निम्ता दिनुभएको हो । सो अवसरमा राष्ट्रपतिले निमन्त्रणा दिएकोमा धन्यवाद दिँदै सबैसँग सरसल्लाह गरेर सहभागि हुने नहुने जानकारी गराउने बताएको भेटपछि गिरीले जानकारी दिनुभयो ।

यस्तै सो दिन सार्वजनिक बिदा दिनुपर्ने आफूहरुको मागको विषयमा मन्त्रिपरिषदमा छलफल भइरहेको र थप पहल गरिदिन समेत गिरीले राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभएको थियो । जवाफमा राष्ट्रपतिले पृथ्वीनारायणजस्तो व्यक्तित्वको सम्मानमा बिदा दिनुपर्छ भन्नेमा आफूपनि सहमत रहेको बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया