Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं–  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओे) सुशील ज्ञवालीले सरकारको मागबमोजिम दोस्रोपटक स्पष्टीकरण बुझाउनुभएको छ ।

सरकारले उहाँले अघिल्लो पटक बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले गत बिहीबार पुनः दोस्रो पटक उहाँसँग स्पष्टीकरण सोधेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेशकुमार थपलियाले कार्यकारी अधिकृत ज्ञवालीले स्पष्टीकरण पत्र बुझाएको जानकारी दिनुभयो ।

स्पष्टीकरणमा ज्ञवालीले आफुलाई  पदबाट हटाउन सरकारसँग तथ्यपरक र बस्तुगत आधार नभएको उल्लेख गर्नुभएको छ । ज्ञवालीले आफूले भूकम्प प्रभावितको लागि निकै खटेर काम गरेकोले सरकारले नहटाउने विश्वास ब्यक्त गर्नुभएको छ । स्पष्टीकरणमा पुनर्निर्माणको कामले झनै गति  लिएको र अझ धेरै गति लिने प्रक्रियामा रहेको उल्लेख छ ।

स्पष्टीकरणमार्फत प्राधिकरणले आजसम्म गरेका कामको समिक्षा पनि बुझाइएको प्राधिकरणका एक कर्मचारीले उज्यालोलाई जानकारी दिए । भूकम्पपछिको पुनर्निर्माणको काम चित्तबुझ्दो नभएको जनाउँदै सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो ।

तपाईको प्रतिक्रिया