Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – एमालेसहितका विपक्षी ९ दलले आइतबार बस्ने संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेका छन् । सरकारले संविधान संशोधन विधेयक पेश गर्न खोजेमा संसद अवरुद्ध जारी राख्ने नेताहरुले जनाएका छन् । 

अहिले केहीबेरमा संसदको कार्यव्यवस्था समिति बैठकमा पनि दलहरुबिच छलफल हुँदैछ । कार्यव्यवस्थाको बैठकपछि सभामुख ओनसरी घर्तीले मुख्य ५ दल कांग्रेस, एमाले, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेतासँग छलफल गर्ने तयारी गर्नुभएको छ। आजै एमाले संसदीय दलको बैठक पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सरकारले संविधान संशोधन विधेयक पेस गर्ने तयारी गरेको छ ।

एमालेले निर्वाचन र अन्य प्रक्रियाबारे सरकारको स्पष्ट दृष्टिकोण आएमा मात्र संसद्को जारी गतिरोध अन्त्य गर्ने जनाएको छ । संविधान संशोधन विधेयकबारे सर्वोच्च अदालतको फैसलाको सम्मान गर्न सरकारले त्यसलाई फिर्ता लिनुपर्ने एमालेको अडान छ ।

संविधान संशोधनको विधेयकका बारेमा प्रमुख दलबीच सहमति हुन नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिह कार्कीविरुद्धको महाभियोग प्रस्ताव र निर्वाचनसँग सम्बन्धित विधेयकमाथिको छलफल एक महिनादेखि ठप्प छ ।

तपाईको प्रतिक्रिया