Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – पोर्चुगलमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्व राष्ट्रपति मारियो सोएरिसको निधन भएको छ । 

पोर्चुगलको प्रजातन्त्रका पिताका रुपमा चिनिने पूर्व राष्ट्रपति सोएरिसको ९२ वर्षको उमेरमा शनिबार राति निधन भएको हो । झण्डै आधा शताब्दी लामो निरंकुश व्यवस्था अन्त्यको आन्दोलनको नेतृत्व गर्नु भएका सोएरिस सन् १९७६ देखि १९७८ सम्म पोर्चुगलको प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ सन् १९८६ देखि १९९६ सम्म राष्ट्रपति समेत बन्नुभएको थियो ।

गएको महिना स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई लिस्बोनको अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा स्वास्थ्यमा सुधारको संकेत देखिए पनि पछि उहाँ कोमामा जानु भएको र कोमामै रहेका बेला उहाँको निधन भएको अस्पतालले जनाएको छ । 

उहाँको निधनका बारेमा थप विवरण भने अस्पतालले दिएको छैन । उहाँको सक्रियताको आन्दोलनले ४८ वर्ष लामो सालाजर निरंकुश शासन अन्त्य गरेको थियो ।

तपाईको प्रतिक्रिया