Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- नेपाली कांग्रेसका नेता एबं सभाषद् रमेश लेखकले लडाकुको समायोजन सात बुादे सहमति अनुसार नैं हुने जनाए । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने ‘संघियताको बिषयमा कांग्रेसको दृष्टिकोणसंग माओबादी र मोर्चाका नेताहरु पनि सहमत देखिनु सकारात्मक हो, हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु भन्दा सहमतिमा निर्णय गर्नु उत्तम हुन्छ ।’ उनले जातिय आधारमा राज्य बनाउनु हुादैन भन्ने कांग्रेसको अडान आज सही साबित भएको जनाउँदै ६ देखि ८ प्रदेश मात्र मुलुकले थेग्न सक्ने स्पस्ट पारे । लेखकले भने ‘हतारमा कांग्रेसले प्रदेशको नाम, सिमा र संख्या निर्धारण गरेन भन्दैमा कांग्रेसलाई संघियता बिरोधी भनेर जतिसुकै आलोचना गरेपनि कांग्रेस संघियताकै पक्षमा छ । शान्ति प्रकृया पुरा हुनेबित्तिकै संविधान लेखन कार्य सम्पन्न हुन्छ र निर्धारित समय जेठ १४ मै संविधान आउँछ कसैले शंका नगरे हुन्छ ।’ संबैधानिक समितिका सदस्य समेत रहेका लेखकले भने ‘संविधानका बिबादीत बिषयमा समेत दलहरुबीच आन्तरिक सहमति भइसकेको खुलासा गरे ।
तपाईको प्रतिक्रिया