Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

लहान – नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा एमालेले संसद् अवरुद्ध गरेर मुलुकको निकासको बाधक बन्न नहुने सुझाव दिनुभएको छ । 

विभिन्न कार्यक्रममा सहभागी हुन सप्तरी आउनुभएका पूर्वप्रधानमन्त्री भट्टराईले शनिवार साँझ सप्तरीको रुपनीमा सञ्चारकर्मीहरुसित कुराकानी गर्दै एमालेले अब संसद् अवरुद्ध नगरी मुलुकलाई निकास दिन जिम्मेवार हुनुपर्ने बताउनुभयो । सङ्घीयताको विषयमा रहेका असन्तुष्टिलाई तत्कालै सम्बोधन गरी निकास नदिए मुलुक द्वन्द्वमा फस्ने बताउँदै उहाँले आफूहरु सरकार र परिवर्तनकारी दलहरुका बीच सङ्घीयतामा नमिलेका विषयलाई मिलाउन पटक पटक छलफलमा रहेको बताउनुुभयो ।

सङ्घीयताको विषयमा विगतको राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदनअनुसार संविधानमा मधेस प्रदेशमा दुई प्रदेश र पहाडमा आठ प्रदेश गरी १० प्रदेशको व्यवस्था नगरेकाले मुलुकमा अहिलेको समस्या आएको बताउँँदै उहाँले काँग्रेस र एमालेको पुरानो सोचका कारण आयोगले दिएको सुझावलाई बङ्ग्याउने काम भएको टिप्पणी गर्नुभयो ।

हाल देखापरेको राजनीतिक समस्या समाधान हुने बित्तिकै मधेसवादी दलहरुसँग आफ्नो पार्टीको एकीकरण हुने सम्भावना रहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया