Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

पोखरा – वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले सरकार संविधान संशोधन प्रस्ताव संसद्मा टेबुल गरेर स्थानीय तह निर्वाचनको घोषणा गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस एकाइ समिति पोखरा–१७ को भेला तथा सम्मान कार्यक्रमको आज पाेखरामा उद्घाटन गर्दै उहाँले एक अर्कालाई दोषारोपण गरेर मुलुक बन्न नसक्ने बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका उहाँले मुलुकमा एक वर्षभित्र तिनै तहका निर्वाचन हुने बताउँदै बोल्नेभन्दा पनि कर्मनिष्ट र एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्राकृतिक र मानवीय अतिक्रमणको चपेटाका कारण खुम्चिँदै गएको फेवाताललाई पहिलाको अवस्थामा पुर्याउन मन्त्रालयमा छलफल भइरहेको जानकारी दिँदै उहाँले त्यसका लागि स्थानीयस्तरबाट पनि सक्रियता देखाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र संविधान कार्यान्वयनका लागि सबै राजनीतिक पार्टीले गम्भीरतापूर्वक सोच्नु पर्ने बताउनुभयो । सभासद् विन्दा रानामगरले प्रतिपक्षका कारण सदन चल्न नसक्दा मुलुक अवरुद्ध भएको बताउनुभयो ।

पोखरा–१७ का सभापति देवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, सोभियतबहादुर अधिकारी, खेमराज पौडेललगायताले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया