Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – तराई मधेस लोकतान्त्रिकका पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदमा दर्ता भएको संविधान संशोनको प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै सहमतिमा आएको दाबी गर्नुभएको छ । 

बाराको कलैयामा शनिबार तराइ मधेस दलित उत्थान मन्चले आयोजना गरेको दलितसँग सहभोज कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले देशको मुख्य समस्यानै अहिले एमाले रहेको आरोप पनि लगाउनुभयो । उहाँले मधेसले चाहेको जस्तो संविधान संशोधनको प्रस्ताव अझै नआएको गुनासो पनि गर्नुभयो ।

संविधान संशोधन प्रस्तावमा पनि मुख्य राजनीतिक दलहरुले मधेस प्रति इमान्दारीता नदेखाएको अध्यक्ष ठाकुरको भनाइ थियो ।

तपाईको प्रतिक्रिया