Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

रौतहट – ऊर्जामन्त्री जनार्दन शर्माले विखण्डनकारी राष्ट्रवादले कोही कसैको हित नगर्ने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल रौतहट शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानको सर्वस्वीकार्यता बढाउन खोज्दा त्यसलाई अवरोध गर्ने, मधेसी, आदिवासी, जनजाति थारु र अल्पसङ्ख्यक समुदायलाई अधिकार दिन्न भन्नु संविधान नै असफल बनाउने प्रवृत्ति भएको उल्लेख गर्नुभयो । संसद्लाई बन्धक बनाएर निर्वाचनको मात्र कुरा गर्नुले प्रतिपक्षीहरु निर्वाचन चाहेका छैनन् की भन्ने आशंका उत्पन्न भइरहेको उहाँको कथन थियो । 

नेपालको सार्वभौमसत्ता, अखण्डता र गणतन्त्र बाहेकका विषयमा संविधान संशोधन गर्न सकिने भएकाले संविधान संशोधन हुनै सक्दैन भन्नु निरकुंश चरित्र भएको उहाँको टिप्पणी थियो । आफूहरु सरकारमा रहँदा वा नरहँदा मधेसी, आदिवासी जनतजाति तथा अल्पसङ्ख्यक समुदायको माग सम्बोधन गर्नुपर्छ भनेर लागेको र अहिलेको संशोधन प्रस्ताव पनि सोही प्रयोजनकालागि ल्याइएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले फरक एक प्रसङ्गमा तराई मधेसका क्षेत्रमा अत्यधिक मात्रामा विद्युत् चोरी हुने गरेकाले त्यसलाई रोक्न स्थानीय युवालाई परिचालित हुन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया