Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- स्थानिय बिकासमन्त्री एवंम् एकीकृत नेकपा माओबादी स्थायी समिति सदस्य टोपबहादुर रायामाझीले जातीय आधारमा संघियता असंभव रहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री रायामाझीले जातिय आधारमा संघियता हुनुपर्छ भन्ने पक्षमा माओबादी नरहेको स्पस्ट पारे । उनले भने ‘जातिय आधारमा संघियता बनाए सांप्रदायिक सद्भाव भड्कन सक्ने खतरा हुन्छ र देशको अखण्डतामा आाच आउन सक्छ ।’ उनले  मोहनबिक्रम सिंह, चित्रबहादुर केसी, अध्यक्ष कमल थापा र आफ्नै पार्टीका उपाध्यक्ष मोहन बैद्य किरणको सम्बन्ध दरबारीयासंग रहेको बताए । ‘मोहन बिक्रम सिंह, कमल थापा र किरणजीहरुको ट्रेण्ड दरबारीयासंग मिल्छ,’ रायामाझीले भने ‘उनीहरुको कदम दरबारिया,प्रतिक्रान्तिकारी, प्रतिक्रियाबादी र घातक छ ।’
उनले संघियता बिरोधी कित्तमा उभिएका मोहनबिक्रम सिंह, चित्रबहादुर केसी, कमल थापा र किरणजीहरुको धार दरबारियासंग मिलिरहेको दाबि गरे । उनले भने ‘संघियताका बिरोधीहरु अहिले जातिय आधारमा राज्य पुनसंरचना गर्नुपर्छ भन्दैछन्, त्यो कदापी पुरा हुादैन ।’ उनले पछिल्लो समय किरणजीको सम्बन्ध दरबारियाहरुसंग मेल खाएको दलिल प्रस्तुत गरे । ‘किरणजीहरुले बाहिर जे देखाएपनि भित्री रुपमा भने संघियता बिरोधी हुन ।’ सिंह, केसी, थापा र बैद्यजीहरुको जनआन्दोलन, संघियता र शान्ति प्रक्रियामा कुनैं भूमिका र योगदान नैं नरहेको बताए । ‘ एक साता भित्र शिबिर खाली हुन्छ, लडाकु सेना मातहत आउाछन र हतियार राज्यले लिन्छ र शान्ति प्रकृया निष्कर्षमा पुग्छ’ उनले भने ‘त्यसपछि डा. बाबुराम भट्टराईकै नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा कांग्रेस र एमाले पनि आउछन् ।’
तपाईको प्रतिक्रिया