Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- राष्ट्रपति रामवरण यादवको उपस्थितिमा मधेसी जनाधिकार फोरम (गणतान्त्रिक)का तर्फबाट कार्यवाहक अध्यक्ष राजकिशोर यादवले सूचना तथा संचार मन्त्री र   इकबाल अहमद शाहले कृषि मन्त्रीका रुपमा राष्ट्रपति निवासमा प्रधानमन्त्री बाबुराम भट्टराईले शपथ खुवाएका छन्।
दुई मन्त्रीको शपथसँगै भट्टराईको मन्त्रिमण्डल अब फेरि ४९ सदस्यीय भएको छ। नेपालको इतिहासमा यो अहिलेसम्मकै ठूलो मन्त्रिपरिषद् हो।
प्रधानमन्त्री भट्टराईले छैटौं पटक सरकारको पुर्नगठन गरेका हुन् । यसअघि भदौ १२, १८, २९ असोज १ र कात्तिक २२ गते प्रधानमन्त्रीले मन्त्रिमण्डले पुर्नगठन गरेका थिए ।
सूचना तथा संचार मन्त्री जयप्रकाश गुप्ता भ्रष्टाचारको अभियोगमा थुनामा परेपछि उक्त मन्त्रालय रिक्त रहेको थियो भने पूर्व कृषि मन्त्री नन्दन कुमार दत्तलाई केही समय अघि प्रधानमन्त्री भट्टराइले हटाएका थिए।
तपाईको प्रतिक्रिया