Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

भक्तपुर – स्थानीयवासीले सडक विस्तारमा सहयोग नगरेपछि डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण एवम् विस्तार सुरु भएका अधिकांश सडक अलपत्र परेका छन् ।

अरनिको राजमार्गस्थित मध्यपुर थिमिको चार दोबाटोबाट कोरिया नेपाल मैत्रीअस्पताल हुदै सिद्धिकाली चोक पुरानो बाटो सडक निस्कने सडक विस्तार कार्य अलपत्र परेको छ । नगर विकास आयुक्त कार्यालयले सीमाङ्कन गरेको सडक मापदण्ड मिचेर निर्माण भएका घर भत्काउन नदिँदा सडक विस्तार कार्य पूरा गर्न नपाएको सो कार्यालयले जानकारी दिएको छ ।

कुल रु ६ करोड ६२ लाखको लागतमा एक हजार १०० मिटर लम्बाइ र ११ मिटर चौडाइका रुपमा विस्तार उक्त सडकको बीच भागमा विस्तार कार्य भए पनि सडकको दुबैतर्फको मुखमा भने सडक विस्तार हुन नसकेको कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

चार दोबाटो चोक र सिद्धिकाली चोकमा मापदण्ड विपरीत रहेका ११ वटा घर र एक सरकारी विद्यालय भत्काउन नदिँदा सडक विस्तारमा समस्या आएको हो । यो सडकमा रहेको १६ वटा विद्युत्को पोल र ११ वटा नेपाल टेलिकमको पोल पटक÷पटक हटाउन पत्राचार गर्दा पनि नहटेपछि सडक विस्तारको काममा थप अवरोध पुगेको हो ।

त्यसैगरी मध्यपुर थिमिकै चार दोबाटो बालकोट सडक विस्तार कार्यमा केही स्थानीयवासीले अवरोध पुर्याएपछि दुई वर्षदेखि रोकिएको छ । विसं २०७१ चैत १२ गते रु एक करोड ५० लाख ७५ हजारमा विस्तार कार्य सम्पन्न गर्ने गरी ठेकेदारसँग सम्झौता भएर काम सुरु भएलगत्तै अवरोध भएपछि अहिले सडक विस्तार कार्य नै अलपत्र परेको छ ।

तपाईको प्रतिक्रिया