Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – अमेरिकी गुप्तचर विभागका प्रमुख जनरल जेम्स क्लेपरले रुसले अमेरिकी राष्ट्रपतिको चुनावमा दिएको चासोबारे खुलासा गर्ने बताउनुभएको छ । अमेरिकी चुनावका बेला भएको भनिएको रुसी हस्तक्षेपका बारेमा क्लेपरले राष्ट्रपति बाराक ओबामालाई प्रतिवेदन बुझाउनुभएको छ । 

उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डेमोक्रेटिक पार्टीका ईमेल लिक गर्न आदेश दिएको र यसका पछाडिको उद्देश्य आगामी हप्ता खुलासा गर्ने बताउनुभयो । यसअघि उनले रुसी ह्याकिङका बारेमा केही बताएका थिएनन् । सिनेटको सैन्य समितिले यसबारेमा सुनुवाई गरिरहेको छ । यसको नेतृत्व रिपब्लिकन सिनेटर जोन मेक्केनले गरिरहनुभएको छ ।

अमेरिकी चुनावमा हस्तक्षेप गरेको आरोप लगाउँदै अमेरिकाले रुसका ३५ जना कूटनीतिज्ञलाई देश निकाला गरिसकेको छ । गुप्तचर विभाग प्रमुख क्लेपरले रुसले अमेरिकामा विभिन्न भ्रम, गलत सूचना र झुठो खबर फैलाएको बताएका छन् । –एजेन्सी

तपाईको प्रतिक्रिया