Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौ- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले  बैशाखको पहिलो साता भित्र नयाँ संविधानका विवादित विषयहरुमा सहमति हुने विश्वास व्यक्त गरेका छन् । उनले चैत्र मसान्तभित्र शान्ति प्रक्रियाको आधारभूत काम सकिए लगत्तै संविधान निर्माणले तिव्रता पाउने बताए ।
शान्ति र संबिधान निर्माणमा  नागरिकस्तरबाट  सुझाब लिन उनले थालेको टोलिफोन सम्वादमा सोमबार चितवनका केही व्यक्तिसंग कुरा गर्दै संविधान निर्माणमा रहेको विवादहरुमा छलफललाई तिव्रता दिएर मतभिन्नता दुर गरिने बताए ।
उनले पहिचानका ५ र सामाथ्र्यका आधारमा ४ राज्यको पुनसर्ंरचना गर्नुपर्नेमा  दलहरु पहिले नै  सैद्धान्तिक  सहमति भईसकेको खुलाए ।
सम्वादमा रहेका सबैले राज्यपुनर्संरचना गर्दा चितवनलाई अखण्ड प्रदेश बनाउनुपर्ने, समयमै शान्ति र संविधान पूरा गर्नुपर्ने सुझाव दिएका थिए ।
तपाईको प्रतिक्रिया