Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – अर्घाखॉची समाज जापानले लोकप्रिय गायिका जमुना सनमलाई टोकियोमा एक समारोहका बिच सम्मान गरेको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजित शुभकामना आदान प्रदान सहितको कलाकार सम्मान समारोहमा गायिका सनम सम्मानित भएकी हुन् ।

समाजका वरिष्ठ उपाध्यक्ष नेत्रबहादुर विष्टको सभापतित्वमा भएको सो समारोहमा गायिका सनमलाई समाजका पदाधिकारीहरुले खादार्पण गर्नुका साथै मायाको चिनोस्वरुप उपहार प्रदान गरेर सम्मान गरेका हुन् ।

सम्मानित भईसकेपछि बोल्दै गायिका सनमले बिदेशको पराईभूमिमा जिल्लाबासी दाजुभाइ दिदीबहिनीहरुबाट सम्मानित हुन पाउँदा माइतीकै आँगनमा रहेको महशुस हुनुका साथै गौरवान्वित तुल्याएको धारणा ब्यक्त गरिन् । उनले बिदेशमा बसेर पनि नेपाली कला, सँस्कृति, गीत-संगीत तथा कलाकारलाई उच्च महत्व दिनुका साथै माया गरेर सम्मानित हुन पाएकोमा आफुलाई साँगीतिक क्षेत्रमा अझ अगाडि बढ्न थप हौसला मिलेको बताईन् ।

कार्यक्रममा अतिथिको आसनबाट बोल्दै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, युथ फर अलका अध्यक्ष बाबुराम पौड्याल, मोना जापानका अध्यक्ष महेन्द्र बानिया, नेपाल सरकार संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयकी शाखा अधिकृत लक्ष्मी घिमिरे लगायतले नयाँ बर्षको शुभकामना मन्तब्य ब्यक्त गर्नुका साथै गायिका सनमको थप सफलताको कामना गरेका थिए । समाजका सचिव तथा कार्यक्रम संचालक दीपक थापाले संस्थाको गतिबिधी बारे प्रकाश पार्दै जिल्लाबासीहरुलाई समाजमा गोलबन्द हुन अपिल गरेका थिए ।

मैत्रीपूर्ण दिवाभोजसहितको सो कार्यक्रममा गायिका सनमले आफ्ना चर्चाका शिखरमा रहेका थुप्रै गीतहरु गाएर यथेष्ट मनोरञ्जन प्रदान गरेकी थिईन् । उनलाई अर्घाखॉचीकै नवउदीयमान गायक चेतन घर्ती मगरले साथ दिएका थिए । गायिका सनमको रातो घलेकीमा…, बग्यो खोली सागर भेट्नलाई…, माया भुल्ने के होला दबाई ? …. लगायतका जनजिब्रोमा झुण्डिएका दर्जनौ गीतहरु हिट छन् ।

कार्यक्रम जनवरी २ का दिन टोकियो रोधी क्लवको सभाकक्षमा भएको थियो । गायिका सनम केही समयका लागि टोकियो रोधी क्लवमा अनुबन्धित छिन् ।***

तपाईको प्रतिक्रिया