Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने पाँच ठूला दललाई छलफलका लागि बोलाउनुभएको छ ।

जारी राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रपति भण्डारीले अहिले  माओवादी केन्द्र, कांग्रेस, एमाले, राप्रपा र फोरम लोकतान्त्रीकलाई छलफलका लागि बोलाउनुभएको हो । कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच बालुवाटारमा चलिरहेको बैठकपछि दलहरु छलफलका लागि राष्ट्रपति निवास जाने कार्यक्रम छ ।

राजनीतिक गतिरोध अन्त्यका लागि यसअघि पनि दलहरुलाई बोलाएर छलफल गरेका राष्ट्रपति भण्डारीले दलहरुबीच संवाद सुरु भएपछि पुनः छलफलका लागि बोलाउनुभएको हो । संसद बैठक २४ गतेसम्म स्थगित गरेर दलहरु सहमतिका लागि जुटेका हुन् ।

तपाईको प्रतिक्रिया