Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
सुर्खेत- दैलेखमा आइतबार राति फरक घटनामा दुई महिलाको हत्या भएको छ । डाँडापराजुल-६ मा ५५ वर्षीय धनसरी बिक र नारायण नगरपालिका- ६, भुर्तीमा ४० वर्षीया लक्ष्मी सार्कीको हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सुदर्शन थापाले बिकको हत्या पारिवारिक कारणले आफ्नै ज्वाँइ गोगनपानी निवासी मानबहादुर बिकले गरेको बताए । घटनापछि फरार उनको खोजी भइरहेको उनले बताए ।
त्यस्तै, लक्ष्मीको हत्या आरोपमा उनका श्रीमान् चने सार्कीलाई प्रहरी नियन्त्रणमा लिएको छ । हत्याको कारणबारे अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया